सरकारले कुरा मात्र गरेको छ ः नेता महत्

0
166

विराटनगर, १ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदश्य एवं पुर्ब अर्थ मन्त्री रामसरण महतले बर्तमान सरकारको कुरा बाहेक केहि काम पनि नभएको बताउनु भएको छ । प्रेस युनियन धनकुटा शाखा द्धुवारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाले यस्तो बताउनु भएको हो । सरकारले कुरा र नारा राम्रा राम्रा गरेपनि काम राम्रो गर्न नसकेको उहाको दावी थियो । सरकार काम भन्दा पनि प्रचार बाजीमा बढि लागेको आरोप लगाउनु भएको छ । अहिलेको निति तथा कार्यक्रममा भाबी कार्यक्रमका सट्टा आत्मा प्रसंशा र आत्मा प्रचार नै बढि रहेको बताउनु भयो । सरकारले नेपाली काग्रेसको पालामा सुरु गरेको काम हरु समेत नाम परिबर्तन गरी आफैले सुरु गरेको भन्दै प्रचार गर्ने गरेको समेत आरोप लगाउनु भयो । फरक प्रशगंमा बोल्दै सरकार अधिनायकबाद तर्फ उन्मुख रहेको समेत बताउनु भयो । उहाले सरकारले मिडिया काउन्सील मार्फत ल्याउल लागेको बिधेयक मार्फत पे्रस जगत नियन्त्रण गर्न खोजीरहेको भन्दै पत्रकारहरुको अहिलेको आन्दोलनमा नेपालि कांग्रेसको साथ रहेको समेत बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here