सरकारले जनचाहना पूरा गर्न थालेको छ : प्रधानमन्त्री

0
212
????????????????????????????????????

काठमाण्डौ १ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनचाहना पूरा गर्न थालेको बताउनु भएको छ ।‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को आज काठमाडौंमा शुभारम्भ गर्दै उहाले बहुमतको सरकारले जनताले चाहेको काम पूरा गर्न थाले पनि केही तत्वले भने यस्तो नचाहेको आरोप लगाउनु भयो ।प्रधानमन्त्री ओलीले नेपाली जनता आफैंले बनाएको संविधानअनुसारको गतिशील सरकारका कारण मुलुक सुशासनतर्फ अघि बढेको दाबीसमेत गर्नु भयो ।प्रधानमन्त्री रोजगार कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै उहाले नेपालमा गरिबी र बेरोजगारी रहन नहुनेमा जोड दिनुभयो ।प्रधानमन्त्री ओलीले अब फागुन १ गतेलाई ‘रोजगारी दिवस’कारुपमा मनाइने जानकारी दिनुभयो ।उहाले नेकापाभित्र विवाद ल्याउन गरिएका प्रयास थामिनसक्नु भएपनि त्यस्ता प्रयास सफल नहुने बताउनु भयो ।कुनैपनि मित्रराष्ट्रविरुद्ध ‘कार्ड’ प्रयोग नगर्ने भन्दै प्रधानमन्त्री ओलीले सार्वभौमसत्तासम्पन्न मुलुक भएकाले अन्तर्रा्ष्ट्रिय उत्तरदायित्वअनुसार कुनैपनि घटनाबारे बोल्नसक्ने स्पस्ट पार्नु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here