सरकारले पहिलोपटक भूमि नीति ल्याउँदै

0
36

भूमिको उपयोग र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले पहिलोपटक भूमि नीति ल्याउने भएको छ । । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि नीतिको मस्यौदासमेत तयार गरेको छ। सुकुमवासीलाई व्यवस्थित जग्गा वितरण गर्न, खेतीयोग्य जमिनलाई खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र जथाभाबी गरिने कित्ताकाटलाई रोक्न भूमि नीति ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । त्यससम्बन्धी मस्यौदालाई केही दिनमै मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । सो मस्यौदामाथि अहिले मन्त्रालयमा गम्भीर छलफल भइरहेको मन्त्रालयको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here