सरकारले बल प्रयोग गरेरै देशभरका अस्पताल संचालन गर्छः मन्त्री पण्डित

0
109

विराटनगर,२८ चैत । सरकार कसैको पनि दया माया नगरेर कडा रुपमा प्रस्तुत हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् । प्रेस क्लव धनगढीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल संचालन गर्ने बताए ।

पेशागत मर्यादा भन्दा बाहिर गएर राखेको माग पुरा नहुने बताउँदै उनले डाक्टरहरुले संघ रोज्नुको कारण साइन बोर्ड देशभर राख्ने तर आफु काठमाडौँमा बस्ने योजना रहेको आरोप लगाए । राष्ट्रको सामु खाएको सपथ अनुसार अगाडि नबढेमा सरकारले कारवाही गर्ने बताउदै उनले सरकारले सेवा सुविधासहित पठाएको ठाउँमा डाक्टर जानुपर्नेमा जोड दिए ।

मन्त्री पण्डितले कानुन अनुसार सरकारले डाक्टरलाई कारवाही गर्न सुरु गरिसकेको बताए । अब बल प्रयोग गरेर अस्पताल संचालन गर्ने बताउदै उनले डाक्टरलाई बोलाएर सबै प्रश्नको सुनुवाई सरकारले पहिले नै गरिसकेको बताए । देशलाई संघियतामा लैजानु सामान्य कुरा नभएको बताउँदै मन्त्री पण्डितले कर्मचारी समायोजनपछि नपुगेका स्थानिय तह तथा प्रदेशमा करारमै पनि कर्मचारी भर्ना गरेर पदपुर्ती गरिने बताए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here