सरकारी संचार माध्यमले सरकार र जनताका बीचमा पुलको काम गर्नुपर्छ : मंत्री काकी

0
79

विराटनगर, २५ भदौ । प्रदेश न १ का आन्तरिक मामिला तथा कानुुन मंत्री हिकमत कार्कीले सरकारी संचार माध्यमले सरकार र जनताका बीचमा पुलको रुपमा समन्वय हुुनेगरि कलम चलाउनुुनपर्ने वताउनुु भएको छ । प्रदेश सरकारको हरेक क्रियाकलाप एवं विकासका गतिविधिलाई जनतासम्म पुर्याउने र जनताका चाहना एवं गुनासालाई सरकार सक्षम पुर्याउन हेतुको रुपमा कलम चलाउन संचारकर्मीलाई आग्रह गर्नुुभयो । नेपाल टेलिभिजन र आन्तरिक तथा कानुुन मंत्रालय कार्यक्रम संचालन सम्वन्धि आज मंत्रालयमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा उहाले नेपाल टेलिभिजन संग भएको सम्झौता जस्तै मंत्रालयको गतिविधी र कामको विषयमा समाग्री प्रसारण गर्न रेडियो नेपाल तथा रासस संगपनि चाडै सम्झौता गरिने वताउनुुभयो । मंत्री कार्कीले कार्कीले सरकारको लगानीमा सञ्चालित सरकारी सञ्चार माध्यम र सार्वजनिक विद्यालय सक्षम र प्रभावकारी हुनुपर्ने बताउनुभयो । प्रदेश नं १ का सरकारकातर्फवाट आन्तरिक मामिला तथा कानून उपसचिव कमलवहादुर थापा र नेपाल टेलिभिजनका सञ्चालक समितिका अध्यक्ष डा. महेन्द्र विष्टले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा विष्टले प्रदेश सरकारले जनताका समस्या वुझ्न र जान्न शुरु गरेको यस कार्यक्रमवाट नेपाल टेलिभिजन पनि लाभान्वित हुने कुरामा जोड दिनु भयो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रमुख सचेतक बुद्धिराज राजभण्डारी, प्रदेश सदस्य विमल कार्की ,प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, मन्त्रालयका सचिव हरिप्रसाद मैनाली,टेलिभिजनका नायव महाप्रबन्धक आरती चटौत र व्यपार शाखाका प्रमुख राजकुमार थापाले आ आफनो विचार राख्नुु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here