सरकार आफै एकपछि अर्को भौतिक आक्रमणमा उत्रियो :डाक्टर शेखर कोइराला

0
103

विराटनगर, १७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले सरकार आफै एकपछि अर्को भौतिक आक्रमणमा उत्रिएको बताउनुभएको छ । विराटनगरमा आज आयोजित विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै डाक्टर कोइरालाले संवैधानिक मौलिक हक कुण्ठित गर्दै दुईतिहाई बहुमतको सरकारले मुलुकमा दण्डहिनता र हिंसालाई बढावा दिँदै गएको आरोप लगाउनुभयो । उहाँले बहुमतको मात चढेको सरकारले नेपाली कांग्रेसका नेता कार्यकर्तालाई आक्रमण गर्दै च्यालेञ्ज गरेको पनि बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले बाँकेमा जिल्ला सभापति किरण कोइराला, तनहुँमा डा. मीनेन्द्र रिजाल चितवनमा ज्ञानेन्द्र शाहीमाथिको सांघातिक आक्रमण गर्दै सरकारले आफ्नो कमजोर मानसिकता प्रदर्शन गरेको बताउनु भयो । सभामुख कृष्णबहादुर महराको घटनाबाट प्रतिनिधिसभा पंगु भएको आरोप लगाउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here