Tune to BFM 91.2|Biratnagar

सरस्वती र अविरामको बार्षिक साधारण सभा

विराटनगर १० फागुन । विराटनगर ६ को सरस्वती सामुदायिक सिकाई केन्द्र र अविराम युवा क्लवको वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सिकाई केन्द्रको तेश्रो तथा अविराम क्लवको दशौ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले सिकाई केन्द्रको विकासका लागि आफुले सहयोग गर्ने बताउनु भयो । उहाले भवन व्यवस्थित गर्नका लागि व्यक्तिगत रुपमा ५१ हजार रुपैया सहयोग गर्ने बताउनुभयो ।

साधारणसभामा सिकाई केन्द्रका अध्यक्ष दामोदर पोखरेलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button