Tune to BFM 91.2|Biratnagar

सरौचियामा खाद्यान्न वितरण

विराटनगर २३ चैत । विराटनगर ६ का रिक्साठेला चलाउने तथा ज्याला मजदुरी गरीखाने वर्गलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । सो क्रममा त्यस क्षेत्रका १ सय ब्यक्तिलाई खाद्यान्न वितरण गरिएको छ ।

लकडाउनबाट पीडित ब्यक्तिहरुलाई चामल,दाल,आलु,प्याज र नुन उपलब्ध गराइएको छ । विराटनगर–६ का सुपरमार्केट संचालक मोहम्मद राजुको आर्थिक समन्वयमा राहत वितरण गरिएको हो ।

स्थानीय सलहेस मन्दिर परिसर नजिकै आयोजना गरिएको कार्यक्रमकाबीच वडा प्रहरी कार्यालय विराटनगर (क) का प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतम लगायतले विपन्न ब्यक्तिहरुलाई राहत वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button