सर्लाहीमा बस दुर्घटना, तीनजनाको ज्यान गयो, आठजना घाइते

0
120

विराटनगर, १ बैशाख । सर्लाहीको नवलपुरमा बस दुर्घटना हुदाँ तीनजनाको ज्यान गएको छ । आठजना घाइते भएका छन् । काठमाण्डौबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको नवलपुरमा पल्टिँदा श्रीकान्त चौधरी, बबली उराँउ र अनिल उराँउको ज्यान गएको जिल्ला ट्रफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको जलविरेमा रहेको जलविद्युत आयोजनामा काम गर्ने मजदूर रहेको परिचय खुले पनि ठेगाना भने नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते तीनजनालाई थप उपचारका लागि विराटनगर ल्याइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here