सवारी दुर्घटनामा एक जनाको मृत्यु
बिराटनगर ४चैत्र । झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि हल्दिबारी का १६ बर्षीय बिनोद लिङ्देनको मृत्यु भएको हो ।
आज दिउँसो पौने ३ बजे बिर्तामोड–१० शिवालय साईरन चोक स्थित भित्री सडकखण्डमा गोलधापबाट बिर्तामोड तर्फ आउदै गरेको प्रदेश–१–०१–००१ त ८२९९ नम्बरको ईटा बोकेको ट्याक्टरमा रहेका कामदार बिनोद ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किचेर गम्भिर घाईते भएका थिए ।
घाईते भएका लिङ्देनको उपचारको क्रममा अपरान्ह पौने ५ बजे बि एण्ड सी हस्पीटलमा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
ट्याक्टर र चालक झापा हल्दिबारी–३ बस्ने दिपक लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको कार्यालयले जनाएको छ ।