Tune to BFM 91.2|Biratnagar

सवारी दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर, १५ पुस । मोरङ र खोटाङका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । । मोरङको कटहरी गाउँपालिका ३ मा तेलको ट्याङकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

आज बिहान सवा ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट जाँदै गरेको ना ५ ख ८४३४ नम्बरको तेल बोक्ने ट्याङकरले पछाडीबाट ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय रोहित साहको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी खोटाङको रावाबेशी गाउँपालिका–१ डुम्रेपानीमा आज बिहान साँढे ३ बजे को ७ त ४७२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक स्थानीय २६ बर्षीय राजन नेपालीको मृत्यु भएको हो ।

पार्किङ गरेर राखेको ट्याक्टरलाई सह–चालकले चलाएर लैजाने क्रममा सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका सह–चालकलाई उपचारको क्रममा आज बिहान साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button