Tune to BFM 91.2|Biratnagar

सवैलाई मिलाएर लैजाने तयार छौ : सुुजाता कोइराला

विराटनगर, ११ माघ । नेपाली कांग्रेस केन्द्रिय सदस्य सुुजाता कोइरालाले पार्टी नेतृत्व नसच्चिए काग्रेसको असतित्व समाप्त भएर जाने वताउनुु भएको छ । प्रेश युनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाले कांग्रेसलाई वचाउन पनि नेतृत्व परिवर्तन आवश्यक रहेको वताउनुु भयो । उहाले मेरो भन्दापनि पार्टी हाम्रो हो भन्ने वनाउन काग्रेसको नेतृत्व अव नया अनुुहारले गर्न पाउनुुपर्ने पर्नेमा जोड दिनुुभयो । उहाले सहमती सहकार्य र एकताका साथ पार्टीको पार्टीको भविष्य वनाउने नेतृत्वका कांग्रेसमा आवश्यक रहेको वताउनुुभयो । कांग्रेस नेतृ कोइरालालले पार्टीलाई वलियो वनाउन सिर्ष नेताहरुले पद्धको लोलुपता त्यागन सक्नुुपर्ने वताउनुुभयो । उहाले कोइरालाल परिवारका हामि तिनजना एक ठाउमा उभिएकाछौ र भोली आवश्यक पर्यो भने पार्टीको नेतृत्व लिनपनि तयार छौ र सवैलाई मिलाएर लैजान सक्ने नेतृत्व आए आफुुहरुको नेतृत्वको दावी छाड्नपनि तयार छौ भन्नुुभयो । उहाले नेतृत्व मोहभन्दापनि हामीलाइ काग्रेसको माया रहेकाले जो आएपनि काग्रेस वचोस भन्ने हाम्रो चाहाना हो र यस्तो चाहना सवैमा हुुनुुपर्ने वताउनुुभयो ।पुुर्व परराष्ट्रमंत्री समेत रहनुु भएकी काग्रेस केन्द्रिय सदस्य कोइरालाले अमेरिकन सरकारले प्रदानगर्ने एमसिसी परियोजना नेपालको उन्नती र विकासका लागी आवश्यक रहेको वताउनुुभयो । एमसिसी परियोजनावाट नेपाल सरकारलाई ठुुलो रकम आउने भएकाले दलहरुको सहमतीमा यो परियोजना सशंदवाट पास हुुनुुपर्नेमा उहाले जोड दिनुुभयो । आफुुले अध्यन गरे अनुुसार एमसिसिको केही केही वुुदामा त्रुुटिछन त्यसलाई परिमार्जन गर्नुु आवश्यक रहेको उहाको भनाई थियो । उहाले कांग्रेस प्रतिपक्षमा भएपनि सरकारले गरेको राम्रो काममको आफुुहरुले समर्थन गर्दे आएको वताउदै दुुई तिहाईको सरकारलेपनि जनचाहना अनुुसार काम गर्नपर्ने वताउनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button