Tune to BFM 91.2|Biratnagar

सशस्त्र प्रहरीद्धारा कोरोना संवन्धि सचेतना कार्यक्रम

विराटनगर, २४ फागुन । सशस्त्र प्रहरी बल नेपाल ३ नम्वर गण हेड क्वाटर कंकालिनी मोरङ्गले विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकिसिनुवारी मोरङ्गको सहकार्यमा १५ स्थानका विभिन्न विद्यालय र समुदायमा कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सशस्त्र प्रहरी कंकालिनीको कार्यक्षेत्र भित्र पर्ने नेपाल भारत सीमा ईलाकामा कोरोना भाईरसको बारेमा जानकारी, भाईरसका लक्षणहरु, भाईरसबाट बच्ने उपायहरु सम्बन्धी सचेतनामुलक कक्षाहरु बिराट मेडिकल कलेजका प्रशिक्षकको टोलीले गरेको शसस्त्र प्रहरीले जनाएको छ ।

मोरङ्ग जिल्लाका रानी, दरैया, स्लामपुर, तारिगामा, डुमरिया, नोचा, खैरवना, मायागंज, रंगेली, चोप्राहा, सिक्टी, चुनीमारी लगायतका स्थानहरुमा संचालन गरिएको सचेतनामुलक कार्यक्रममा बिद्यार्थी तथा अभिभावक, सशस्त्र प्रहरी, जनप्रतिनिधी, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर. ३ गण हेड क्वाटर कंकालिनी मोरङ्गले सशस्त्र प्रहरी बल नेपाल र स्थानिय जनता बिचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले यस्ता सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ । यसैवीच कंकालिनी गणले विराट व्यापार संघले आयोजना गरेको होली मिलन समारोहमा पनि कोरोना भाईरस सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ ।

होलीमिलन समारोहमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button