ससुराको कुटपिटबाट ज्वाईंको हत्या, यसरी बन्यो हत्याको योजना

0
179

सप्तरी, जेठ ३० । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा आफ्नै ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका छन् । ससुरा रामदयाल साह र उनका परिवारजनको कुटपिटबाट हनुमाननगर नगरपालिकास्थित गिदखोराका दिपेन्द्र मण्डल मारिएका हुन् । दुई वर्षअघि प्रेम विवाह गरेका मण्डललाई उनकै कान्छी श्रीमती अन्जना साहले छोरीको जन्मदिनको बहानामा बोलाई हत्या गरेको आफन्तको आरोप छ । मण्डल पहिलेदेखि नै विवाहित रहेको र जेठी श्रीमती रेश्मी मण्डलसँग बस्ने गरेकाले अन्जनाको परिवारले योजनावद्ध ढंगले हत्या गरेको परिवारजनको आरोप छ ।मण्डललाई हत्या गरी घरभन्दा करिब १ किलोमिटर पर फालेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटनाबारे थप अनुसन्धान भईरहेको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।यसैबीच, घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामदयाल साहसहित तीन जनालाई पक्राउ गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here