सहकारीकी कर्मचारीमाथि लुटपाट

0
140

विराटनगर, १७ मंसिर । बचत वापतको रकम उठाएर कार्यालय फर्कदै गर्दा सहकारीकी महिला कर्मचारीमाथि विराटनगर महानगरपालिका–७ मा लुटपाट भएको छ । नयाँ जीवन बचत तथा ऋण सहकारी (न्यू लाइफ) संस्थाकी कर्मचारी पुष्पा खड्कामाथि लुटपाट भएको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । उहाँकाअनुसार विराटनगरस्थित वडा कार्यालय नजिकै हिजो साँझ पौने ६ बजे लुटपाट भए पनि प्रहरीलाई घटनाका बारेमा ढिलो गरेर जानकारी प्राप्त भएको थियो । घटनास्थल विराटनगरको सेन्ट्रल मलको पछाडि पर्छ । बजारबाट बचतकर्ताको रकम उठाएर साइकलमा कार्यालय फर्कने क्रममा कर्मचारीमाथि लुटपाट भएको सहकारीका व्यवस्थापक कृष्ण खड्काले बताउनु भयो । लुटपाट गर्नेले कर्मचारीको साथमा रहेको ४० हजार रुपैयाँ नगदसहितको ब्याग लगेको उहाँको भनाइ छ । कालो रंगको मोटरसाइकलमा आएका दुई व्यक्ति पैसासहितको ब्याग खोसेर फरार भएको प्रहरीको भनाइ छ । डीएसपी श्रेष्ठले लुटपाटको जानकारी आए लगत्तै घटनाका बारेमा अनुसन्धान थालिएको बताउनु भयो । ‘घटनामा संलग्नको पहिचान भइसकेको छैन,’ उहाँले भन्नु भयो, ‘उनीहरुको खोजी र पहिचानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।’

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here