Tune to BFM 91.2|Biratnagar

साँसद लिङदेनद्धारा अस्पतालको अनुगमन


विराटनगर, १३ कात्तिक । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण उपचार नपाएर अस्पताल डुलाउँदा डुलाउँदै बिरामीले अकालमै ज्यान गुमाउनु परेको घटनाहरू बाहिरिएसँगै संघीय सांसद राजेन्द्रप्रसाद लिङदेनले झापाका अस्पतालहरुको स्थलगत अनुगमन गर्नुभएको छ ।

झापा क्षेत्र ३ बाट निर्वाचित सांसद तथा राप्रपाका नेता लिङदेनले आज मेची प्रादेशिक अस्पताल भद्रपुर, ओम साई पाथीभरा हस्पिटल भद्रपुर, बिएण्डसी हस्पिटल बिर्तामोड र मनमोहन सामुदायिक अस्पताल बिर्तामोडको अनुगमन गर्दै बिरामी अवस्थाको बारेमा अस्पताल प्रशासन पक्षसँग बुझ्नु भएको छ ।

कोरोना कहरका बीच सामान्य र दीर्घ रोगका बिरामीहरूले समेत उपचार नपाई ज्यान गुमाउनु पर्ने अवस्था आइरहेको भन्दै संसद्को विकास तथा प्रविधि समितिका सदस्य समेत रहेका लिङदेनले अस्पतालहरुको अनुगमन गर्नुभएको हो । सांसद लिङदेनले मेची अस्पतालबाट भइरहेको कोभिड–१९ सहित अन्य उपचार सेवाको बारेमा अस्पतालका मेसु डा. पीताम्बर ठाकुरसँग जानकारी लिनु भएको थियो । उहाँले अनुगमनका क्रममा जिल्लाको एउटा पनि अस्पतालमा आइसियु र भेन्टिलेटर भएको कोभिड उपचार केन्द्र नभएको देखिएको बताउनुभयो । त्यस्तै सांसद लिङदेनले ओम साई तथा मनमोहन हस्पिटलमा कोभिड उपचारको प्रवन्धका विषयमा अनुगमन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button