Tune to BFM 91.2|Biratnagar

सातवटै प्रदेशमा एलजीको रोड सो

विराटनगर, २८ माघ । सिजी ईलेक्ट्रोनिक्स अन्र्तगत रहेको एलजी ब्राण्डले उपभोक्ताहरुको मागलाई मध्यनजर गर्दै रोड सो कार्यक्रमको आयोजना गर्ने भएको छ ।

पश्चिमका जिल्लाहरुमा पहिलो चरणको रोड सो कार्यक्रम सकेर माघ २६ गतेदेखी बागमति प्रदेश हुँदै पूर्वका प्रमुख सहरहरुमा रोड सो कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक भोगेन्द्र चौधरीले जानकारी दिनुभयो ।

रोड सो कार्यक्रममा एलजी का उत्पादनहरुको बारेमा जानकारी गराउने र उपभोक्ताहरुलाई सामानहरुको बारेमा जानकारी गराउने उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो ।

रोड सो कार्यक्रममा एलजी को वासिङ मेसिन र भ्वाईस कमाण्डद्वारा चलाउन सकिने टेलिभिजनको बारेमा पनि जानकारी दिईनेछ ।

वासिङ मेसिनको प्रयोगको बारेमा पनि रोड सो कार्यक्रममा सिकाईने कार्यक्रम संयोजक चौधरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button