साबुन उद्योगको गोदाममा आगलागी हुँदा २० लाखको क्षति

0
266

विराटनगर, २३ जेठ । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको हिमगिरी सोप इन्डट्रिज प्रालीको गोदाम घरमा आज दिउँसो आगलागी भएको छ । आगलागीबाट २० लाख बढीको क्षति भएको जानकारी उद्योगका सञ्चालकले प्रहरीलाई गराएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार प्लाष्टिकका खाली बोरा, साबुन प्याक गर्ने र्यापर (प्लाष्टिक), काटुन, साबुन बनाउन प्रयोग गरिने केमिकल राखिएको गोदाममा आगलागी भएको हो । घामका कारण केमिकल तातिएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका र सुनसरीको दुहवी नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा दिउँसो ३ बजे आगो नियन्त्रणमा लिइएको डीएसपी श्रेष्ठले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here