Tune to BFM 91.2|Biratnagar

सामाजिक विकास मन्त्रालमा अपाङता भएका व्यक्तिहरुको धर्ना

विराटनगर, ३२ जेठ । लकडाउनबाट खाना नपाएर भोक भोकै बस्नु पर्ने अवस्था सृजना भएपछि अपाङता भएका व्यक्तिहरुले आज प्रदेश १ को सामाजिक विकास मन्त्रालमा धर्ना दिएका छन् ।

विराटनगर क्षेत्र भित्रका अधिकांश अपाङता भएका ब्यक्तिहरु राहतको आशले एक हप्ता देखि निरन्तर सामाजिक विकास मन्त्रालय धाई रहँदा पनि राहत नपाएपछि आज उनीहरुले मन्त्रालयमै धर्ना दिएका हुन् ।

जिविकोपार्जन गर्नका लागि तिनपांग्रे रिक्साबाट खाद्यान्नको सामग्री बोक्दै आईरहेपनि लकडाउनका कारण निकै समस्या भएको उनीहरुले बताएका छन । खान नपाएरै मर्नुपर्ने अवस्था सृजना भएपछि मन्त्रालयमा धर्ना दिएको उनीहरुले बताएका छन ।

राज्य मन्त्री जसमाया गजमेरलाई राहतका लागि निवेदन दिएपनि अहिलेसम्म कुनै सुनुवाई नभएको गुनासो उनिहरुले गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button