Tune to BFM 91.2|Biratnagar

सामाजिक विकास मन्त्रीद्वारा वैज्ञानिकको वैठकलाई सम्बोधन

विराटनगर, ५ वैशाख । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले हिजो साँझ कोभिड १९ को एजेन्डामा बसेको वैज्ञानिकहरुको वैठकलाई सम्बोधन गर्नुभएको छ । प्रदेश १ का करिब ३८ जना सहभागी भएको सो वैठक स्काइपमा आयोजना गरिएको थियो ।

कोरोनाको प्रकोप बढिरहेको वर्तमान परिस्थितिमा यहाँका वैज्ञानिकहरुको भूमिका के र कस्तो हुने भन्ने विषयमा वैठक केन्द्रित रहेको सहभागी वैज्ञानिक रामचन्द्र अधिकारीले बताउनुभयो । मन्त्री घिमिरेले प्रदेश १ का जीव वैज्ञानिकहरु यस्तो कठिन अवस्थामा देश र नागरिकलाई सेवा गर्छु भनेर स्वतस्फूर्त रुपमा आउनु स्वागतयोग्य भएको बताउँदै कोरोना नियन्त्रणमा वैज्ञानिकको भूमिका उल्लेख्य हुने भएकोले कसले, कहाँ र कसरी सहयोग गर्न सक्ने स्पष्ट भई सम्पर्क गर्न आग्रह गर्नुभयो ।

अन्य प्रदेशभन्दा प्रदेश १ ले सक्रियताका साथ कोरोनाको रोकथाम तथा नियन्त्रणमा काम गरिरहेको बताउँदै उहाँले परीक्षणका सामग्री र उपचारका लागि अस्पतालसमेत खडा गरिसकेको बताउनु भयो । अहिलेको महामारीको अन्त्य भएपछि पनि यति ठूलो वैज्ञानिक जनशक्तिको योग्यता र क्षमताको प्रदेश सरकारले भरपुर उपयोग गर्ने सो वैठकमा मन्त्री घिमिरेले बताउनुभयो ।

वैज्ञानिकहरुको तर्फबाट प्राज्ञ डा. दिनेशराज भुजु, प्राडा दामोदर थापा क्षेत्री,डा. गणेश थापा,दिव्यराज दाहाललगायतले आफ्ना सुझावहरु मन्त्रीसमक्ष प्रस्तुत गर्नुभएको थियो । वैठकको सहजीकरण हेमन्त खनाल र सभापतित्व प्रदेश १ का संयोजक गणेश तामाङले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button