Tune to BFM 91.2|Biratnagar

सामाजिक विकास मन्त्री घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार

विराटनगर, १८ भदौ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

होम आईसोलेसनमा रहनु भएको मन्त्री घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको स्वकीय सचिवालयले जनाएको छ । सचिवालयले आज विज्ञप्ती प्रकाशित गरि मन्त्री घिमिरेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाएको छ । उहाँको ज्वरो र झाडापखाला नियन्त्रणमा आएको आएको विज्ञप्तिमा उल्लेख छ ।

रक्तचाप केही बढेको, जिउ दुख्ने, नाक बन्द हुने र सामान्य खोकी लागेको प्रमुख स्वकीय सचिव तिलकबहादुर वस्नेतद्धारा जारी विज्ञप्तिमा जनाईको छ । कोरोना संक्रमण पुष्टि भएका दिन कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका चिकित्सकले मन्त्रि घिमिरेलाई सरकारी निवासमा आएर स्वास्थ्य परीक्षण गरेका थिए ।

संक्रमण पुष्टि भएको भोलिपल्ट देखि मन्त्रि घिमिरेले अक्सिजनको मात्रा, ज्वरो र पल्स परीक्षण गरि चिकित्सकलाई रिपोर्टिङ गर्दै आउनुभएको छ । उहाँको अक्सिजनको मात्रा, ज्वरो र पल्सको अवस्था सामान्य रहेको कोशी कोभिड अस्पतालका डा.मिलन वस्नेतले बताउनुभयो ।

मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button