Tune to BFM 91.2|Biratnagar

सामाजिक विकास मन्त्री राईद्धारा पदभार ग्रहण

विराटनगर, १३ चैत । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले आज पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा सपथ लिए लगत्तै मन्त्रालयमा पुगी पदभार ग्रहण गर्नुभयो । उहाँले पदभार ग्रहण गर्दै मन्त्रालयको काम नयाँ ढंगले गर्ने बताउनुभयो ।

उद्घाटन र समापनमा समय विताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी प्राथमिकता दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘उद्घाटन र समापनलाई धेरै प्राथमिकतामा राख्ने छैन ।’ जनता लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्ने मन्त्री राईले बताउनुभयो ।

पदभार ग्रहणपछि कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा उहाँले फरक तरिकाले काम गर्ने सोच भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ केही नयाँ काम गरौं ।’ कोरोना संक्रमण पुन ः बढ्न शुरु भएकाले यसको नियन्त्रणका लागि जुट्न उहाँले आग्रह गर्नुभयो । उहाँले अस्पतालहरुमा धेरै फोहोर हुने गरेको सुन्नमा आएकाले सरसफाईमा ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो । धेरै कार्यक्षेत्र रहेको सामाजिक विकास मन्त्रालयलाई प्रदेश १ कै उत्कृष्ठ मन्त्रालयका रुपमा अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

परिचयात्मक कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मन्त्रालयको कार्यक्षेत्र, सम्पादन गरिरहेको काम, जनशक्ति लगायतका बारेमा जानकारी गराउनु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button