Tune to BFM 91.2|Biratnagar

सामाजिक विकास राज्यमन्त्री गजमेरसँग बालबालिकाहरुको अनलाईन संवाद

विराटनगर, ५ जेठ । सामाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेरले आज प्रदेश १ का बालबालिकासँग अनलाईन संवाद गर्नुभएको छ ।

कोरोना भाईरसका कारण सवै क्षेत्र ठप्प रहेको सन्दर्भमा बालबालिकाहरुको विद्यालय तथा उनीहरुका दिनचर्याको विषयमा राज्यमन्त्री गजमेरले संवाद गर्नुभएको हो । प्रदेश १ का १२ जिल्लाका बालक्वलका बालबालिकाहरुले अनलाईन संवाद मार्फत बालबालिकाहरुले भोग्नु परेका समस्याका विषयमा अन्तरक्रिया गरेका थिए । बालबालिकाहरुले लकडाउनका समयमा भएका अनलाईन कक्षामा सवैको पहुच नपुग्नु, बालबालिकामा मनोसामाजिक समस्या सृजना हुनु, बालबालिकाहरुमा दुव्र्यवहार हुनु जस्ता विषयहरुमा छलफल गरेका छन् । बालबालिकाहरुले प्रदेश सरकारका आगामी कार्यक्रममा बालबालिकाहरुको योजना तथा कार्यक्रमहरुको विषयमा पनि जिज्ञासा राखेका थिए । बालबालिकाहरुको जिज्ञासामा राज्यमन्त्री गजमेरले प्रदेश सरकारले आगामी वर्ष बालविवाह अन्त्यका लागि कार्यक्रम तर्जुमा गर्न लागेको, प्रदेशलाई सडक बालबालिकामुक्त प्रदेश वनाउने, बालमैत्री अभियान सञ्चालन गर्ने र समुदाय सम्म प्रदेश सरकारलाई पुर्याउन बालबालिकासँग प्रदेश सरकार कार्यक्रमलाई सञ्चालन गर्ने जानकारी गराउनुभयो । बालबालिकाहरुलाई संयमता अपनाउन र सृजनशिल हुनका लागि उहाँले प्रोत्साहन समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button