Tune to BFM 91.2|Biratnagar

सामुदायिक विद्यालयलाई होच्याउने काम बन्द होस्

विराटनगर, १९ जेठ । विराटनगरस्थित पोखरिया मावि र नीजि विद्यालयका विभिन्न संगठनहरुबीच विवाद बढीरहेका बेला नेपाल शिक्षक महासंघ र सामुदायिक विद्यालय अभिभावक संघ विराटनगर समितिले असन्तुष्टी जनाएको छ ।

पोखरिया माध्यमिक विद्यालय विराटनगरको नाम जोडी सम्पूर्ण सामुदायिक विद्यालयलाई नै होच्याउने र अपमान गर्ने गरी संस्थागत विद्यालयसँग आवद्ध संघ संस्थाहरुले प्रेस विज्ञप्ति निकालेको भन्दै शिक्षक महासंघ र अभिभावक संघले असन्तुष्टि व्यक्त गर्दे हिजो अर्को प्रेस विज्ञप्ति जारी गरेको हो ।

दुवै संस्थाले स्वच्छ प्रतिस्पर्धा, सहकार्य र समझदारीवाट अगाडि बढ्नु पर्नेमा त्यसो नगरी शिक्षाप्रदान गर्ने जिम्मेवारी आफ्नो मात्रै हो भन्ने ढंगले एक आपसमा आक्षेप लगाई मैदानमा उत्रने संस्थागत विद्यालयहरुको प्रतिनिधिमूलक संस्थाहरुको क्रियाकलापप्रति सचेत पनि गराएको छ । कोही कसैले पनि सामुदायिक विद्यालयलाई होच्याउने कार्य नगर्न, नगराउन ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा सामुदायिक तथा संस्थागत विद्यालय शिक्षाका दुई अभिन्न अंग हुन भन्ने कुरालाई राम्ररी वुझेको उल्लेख छ ।

विज्ञप्तिमा सामुदायिक विद्यालय अभिभावक संघ विराटनगरका अध्यक्ष कृष्णप्रसाद गौतम, नेपाल शिक्षक महासंघका अध्यक्ष कुमार खतिवडा र सचिव डेककुमार बाँस्तोलाले हस्ताक्षर गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button