Tune to BFM 91.2|Biratnagar

सामुहिक मकै ब्लक समितिको भवन उद्घघाटन

विराटनगर, ३० जेठ । प्रधानमन्त्री कृषि आधुनिकीकरण ब्लक परियोजना कार्यक्रम अन्तर्गत सामुहिक मकै ब्लक संचालन समितिको भवन उद्घघाटन गरिएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा निर्माण गरिएकको सो भवनको आज एक कार्यक्रमका बिच उद्घघाटन गरिएको हो ।

उद्घघाटन कार्यक्रममा बोल्दै सामुहिक मकै ब्लक संचालन समितिका संयोजक राजेन्द्रप्रसाद मेहताले आगामी दिनहरुमा यसलाई थप प्रभावकारी बनाउदै लगिने बताउनुभयो ।

प्रदेश १ कृषि विकास निर्देशनालयका निमित्त निर्देशक प्रकाशकुमार डागीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराव, गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button