सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य

0
112

बिराटनगर १८ असोज जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चालकलाई अनियवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन निर्देशन दिएको छ ।दुर्घटनालाई कम गर्न सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको प्रहरीले जनाएको छ ।चप्पल लगाएर सवारी चलाएको भेटिए लाईसेन्स खारेज सम्मको जरीवाना गरिने ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिए ।दसैं, तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम सुरु गरिएको जनाइएको छ ।चालकले जुत्ता लगाउनै पर्ने पुरानो नियमलाई पुनःकार्यान्वयनमा ल्याएको प्रहरीको भनाई छ ।सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्देशिका २०६९ को दफा २ मा जुत्ता लगाउनुपर्ने नियम छ ।जुत्ता लगाएर सवारी चलाए क्लच र ब्रेक सही तरिकाले लाग्ने र खुट्टा सो स्थानबाट नचिप्लने हुँदा यो नियम राखिएको बताइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here