साहित्यकार श्रेष्ठ र पत्रकार न्यौपाने सम्मानित

0
77

विराटनगर, २९ पुस । विराटनगर–५ चाँदनीचोकस्थित शिरोमणि पुस्तकालयले साहित्यकार र पत्रकारलाई सम्मान गरेको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्तीको अवसर पारेर पुस्तकालयले साहित्यकार र पत्रकारलाई सम्मान गरेको हो । पुस्तकालयले यस वर्षको ‘कवि शिरोमणि साहित्य सम्मान’ डा. विमला श्रेष्ठ र शिरोमणि पत्रकारिता सम्मान अनन्तराज न्यौपानेलाई समर्पण गरेको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली पुस्तकालयका अध्यक्ष बालकृष्ण निरौलाले दुवैजनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । गत वर्ष पुस्तकालयले पत्रकारिता सम्मान मीनकुमार नवोदित र साहित्य सम्मान मञ्जुश्री गिरीलाई प्रदान गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पराजुलीले भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले शिरोमणि पुस्तकालयलाई १ कठ्ठा जग्गा उपलब्ध गराइसकेको चर्चा गर्दै भवन निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा कवि मीनकुमार नवोदित, भरत गुरागाईं, बाबुराम पोखरेल, ममता श्रेष्ठ, कविता केसरी, सरिता तुलाधर, प्रिन्स प्रमोद ढकाललगायत डेढ दर्जन स्रष्टाहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । समारोहमा विराटनगर–५ का वडाध्यक्ष मीनकुमार आचार्य, प्राज्ञ विवश पोखरेल, पुस्तकालयका उपाध्यक्ष काजीबाबु पोखरेल, सचिव सरलराज पोखरेललगायतले नेपाली साहित्यमा शिरोमणि लेखनाथ पौड्यालले पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here