Tune to BFM 91.2|Biratnagar

साहित्य मानव जीवनको सवैभन्दा सुन्दर पक्ष : प्रदेश प्रमुख अधिकारी

विराटनगर, २ वैशाख । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले साहित्य मानव जीवनको सवैभन्दा सुन्दर पक्ष भएको बताउनु भएको छ । उहाँले साहित्य लोकोपकारको पक्षमा हुनुपर्ने बताउनुभयो ।

सुनसरीको इटहरीमा आज केशब रिमालद्वारा लिखित नौटङ्की माया कथा सङग्रह कृतिको लोकार्पण कार्यक्रममा प्रदेश प्रमुख अधिकारीले सो कुरा बताउनु भएको हो । उहाँले साहित्य देश, समाज, धर्म, परम्परा, रितीरिवाज, मनोविज्ञानसँग जोडिने भएकाले यो हामीभन्दा टाढा रहन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ साहित्यिक कृति समाज परिवर्तन तर्फ मुखरित हुनुपर्छ ।’ डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशनमा ल्याएको कथाकार रिमालको पहिलो कथा संग्रह हो । विभिन्न ९ वटा शीर्षकमा रहेका कथाहरु समावेश भएको कथा संग्रहका विषयमा आर.सी. थपलिया, हिमराज अधिकारी, यर्जुवेदानन्दप्रसाद भट्टराई लगायतले चर्चा गर्नुभएको थियो ।

कथा संग्रहमा सामाजिक, राजनैतिक र माया प्रेमका विषयलाई कथाकारले विषयवस्तु बनाइ प्रस्तुत गरेका छन् । डियर कल्याण साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष विनोद विवश घिमिरेको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा प्रदेश नं.१ का प्रदेश सभाका सदस्य सर्वध्वज सावा सहित पूर्वका विभिन्न ठाउँका साहित्यकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button