सिंघिया खोला सफाई अभियान शुरु

0
189

विराटनगर, २१ मंसिर । सिंघिया खोलाको सरक्षणका लागि आजदेखि सफाई अभियान शुरु गरिएको छ । नदी बग्ने मोरंगको बुढीगंगा देखी नेपाल–भारत बोर्डर सम्मको ३२ किलोमिटर क्षेत्रमध्ये घिनाघाट देखि जहदा सम्मको करिव १० किलोमिटर क्षेत्रको संरक्षण र सफाईका लागि अभियान शुरु गरिएको हो । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले खोलाको फोहोर उठाएर कार्यक्रमको शुरुवात गर्नु भएको थियो । फोहोर उठाउनु अघि उहाहरुले खोलाको किनारमा पुजा पनि गर्नुभएको थियो । सरसफाई सँगै खोलाको किनारमा गरिने अतिक्रमण रोकिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँले अतिक्रमण गर्नेलाई कारवाहीको दायरामा ल्याईने पनि बताउनुभयो । सिंघियाको संरक्षणका लागि अल्पकालिन र दीर्घकालिन योजना बनाएर काम गरिने उहाँले बताउनुभयो । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले सिंघियामा फोहार फाल्न नदिइने बताउनुभयो । घरको फोहार पनि जथाभावी फाल्न नदिईने प्रमुख पराजुली बताउनुभयो । सिंघयालाई तटबन्ध गरि ग्रीनबेल्ट बनाईने उहाँले बताउनुभयो । सरसफाई अभियानमा स्थानीयवासी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, निजामति कर्मचारी लगायत हजारौंको सहभागिता रहेको थियो । आज करिव एक किलोमिटरको सफाई गरिएको छ । सिंघिया खोलाको सरसफाई हरेक १५/१५ दिनमा गरिने भएको छ । दोश्रो कार्यक्रम आगामी पुस ५ गते शनिबार विहान ८ वजे शुरु हुने बताईएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here