Tune to BFM 91.2|Biratnagar

सिंघीया खोलामा पुरुषको शव

विराटनगर, ७ माघ । विराटनगर महानगरपालिका–२ का ५० वर्षीय प्रवल घिमिरेको शव आज बिहान सिंघीया खोलामा फेला परेको छ । हिजो बेलुका घरबाट निस्कनु भएका उहाँ नफर्किएपछि आफन्तले प्रहरीलाई खवर गरेर खोजी थालेका थिए । स्थानीय बासिन्दाले पुरुषको शव देखेपछि प्रहरीलाई खवर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताउनु भयो । खोलाको पानी भित्र डुबेको अवस्थामा शव भेटिएको उहाँको भनाइ छ । कपडा र जुत्ता लगाएको अवस्थामा मृत भेटिएका घिमिरेको साथमा पैसा राख्ने पर्स र मोटरसाइकलको चाबी पनि फेला परेको छ । शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको डीएसपी थापाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button