Tune to BFM 91.2|Biratnagar

सिमानाकाबाट ८ हजार २ सय ५ जनाको आवत जावत

विराटनगर,२६ असार । विराटनगर सिमानाकाबाट आज साझ सम्म ८ हजार २ सय ५ जनाको आवत जावत भएको छ ।

सिमानाका हुँदै आज साँझ सम्ममा ५ हजार १ सय ३ जना भारतीय नागरीक भारततर्फ गएका छन भने ३ हजार १ सय ३ जना नेपालीहरु स्वदेश फर्किएका छन ।

स्वदेश फर्किने नेपालीहरुमा २ हजार ४ सय ७८ जना पुरुष र ६ सय ४३ जना महिला रहेका छन ।

भारत प्रस्थान गर्नेमा ३ हजार ८ सय ९६ जना पुरुष र १ हजार २ सय ४३ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button