Tune to BFM 91.2|Biratnagar

सिमा क्षेत्रमा खटिएका प्रहरीलाई मास्क वितरण

विराटनगर, २२ चैत । नेपाल भारतमैत्री युवा संघले विराटनगरस्थित सिमा क्षेत्रमा खटिएका प्रहरीलाई कोरोना भाईरसको संक्रमणबाट जोगिन आवश्यकपर्ने सामग्री उपलब्ध गराएको छ । संघले रानी भन्सार क्षेत्रमा खटिएका प्रहरी, सशस्त्र प्रहरी र सेनाका जवानहरुलाई ती सामग्री उपलब्ध गराएको हो ।

भन्सारक्षेत्रमा आज आयोजित सामग्री हस्तान्तरण कार्यक्रमकाबीच संघका प्रदेश–१ अध्यक्ष मोहम्मद नसरुलले इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापालाई ती सामग्री हस्तान्तरण गर्नुभयो ।

संघले सिमा क्षेत्रमा खटिएका प्रहरीका लागि भन्दै मास्क २ सय थान, पञ्जा १ सय थानसहित सेनीटाइजर र साबुन उपलब्ध गराएको छ । सिमाक्षेत्रमा खटिएका प्रहरीहरु अत्यन्त जोखिममा काम गरिरहेकाले संक्रमणबाट जोगिन ती सामग्री प्रदान गरिएको संघका अध्यक्ष नसरुलले बताउनुभयो ।

सोहि कार्यक्रमकाबीच भारततर्फ खटिएका एसएसबीका जवानका लागिसमेत २ सय मास्कसहित पञ्जा, सेनीटाईजर र साबुन उपलब्ध गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button