सिरियाको एक भवनमा गराइएको विस्फोटमा ३९ जनाको मृत्यु

0
81

विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको इड्लीब प्रान्तस्थित एउटा भवनमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।इड्लीबको सार्मदा नगरस्थित भवनमा भएको विस्फोटमा १२ जना बालबालिकासहित ३९ जनाको मृत्यु भएको छ ।सो भवनमा एक जना हतियार तस्करले हतियार भण्डारण गरेको बताइएको छ ।विस्फोटमा परी अझै दर्जनौं मानिस हराइरहेको अधिकारीहरुले जनाएका छन् । विस्फोटबाट सो भवन पुरै भग्नावशेषमा परिणत भएको छ ।भवनमा आश्रय लिएर बसिरहेका अधिकांश मानिस सिरियाको मध्यहोम्स प्रान्तबाट विस्थापित भएर आएकाहरु भएको बताइएको छ ।बेलायतको पर्यवेक्षक समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले हराइरहेकाहरुको खोजी तथा उद्दार भइरहेको जनाएको छ ।इड्लीब विद्रोही समूहको पहडमा रहेको सिरियाको अन्तिम क्षेत्र हो । सिरियाली सरकारले विद्रोहीले कब्जा गरेका अन्य क्षेत्रमा कारबाही तिव्र पारेर आफ्नो नियन्त्रणमा लिइसकेको छ ।रुस तथा इरानको समर्थन

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here