सिरुवा पर्व धुमधामका साथ मनाईंदै

0
110

विराटनगर, २ बैशाख । तराईका झापा, मोरङ सुनसरी, सप्तरी, सिरहा, उदयपुर लगायत जिल्लामा आज सिरुवा पर्व धुमधामका साथ मनाइँदैछ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् । नयाँ वर्षसंगै शुरु हुने पर्वका अवसरमा आज झापाका राजवंशीले काद सिरुवा खेल्दैछन् । माटोको हिलो बनाएर आपसमा सिरुवा पर्वको शुभकामना आदानप्रदान गर्दै हिलो छ्यापा–छ्याप गरेर ‘काद सिरुवा’ खेल्ने गरिन्छ । माटो बिना जीवन चल्दैन भन्दै राजवंशी जातिले माटोको सम्मान स्वरुप काद सिरुवा खेल्ने गर्छन् । यसअघि सिरुवाको पहिलो दिन हिजो राजवंशी समुदायका व्यक्तिले हर्षाेल्लाससाथ ‘पानी सिरुवा’ मनाएका थिए । लगातार ३ दिनसम्म मनाइने सिरुवा अन्तर्गत सो समुदायले भोलि रंग सिरुवा खेल्नेछन् । राजवंशी समुदायले सिरुवा पर्वलाई प्रमुख चाडका रुपमा मनाउने गर्दछन् । यसैबीच सिरुवा मनाउने झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा आज सरकारले सार्वजनिक विदा घोषणा गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here