सिरुवा मेला स्थगीत
विराटनगर ३० चैत । थारु समुदायले परापुर्वकालदेखी मनाउँदै आइरहेको सिरुवा मेला यो वर्ष नलाग्ने भएको छ ।
विश्वभरी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमका कारण ग्रामथानहरूमा लाग्ने सिरुवा मेला नलाग्ने भएको हो ।
सुनसरी, झापा, मोरङ, सप्तरी, उदयपुर, लगायत जिल्लाहरूमा लाग्ने सिरुवा मेला नलगाउन स्थानीय तहहरूले सूचना जारी गरिसकेका छन् ।
लक डाउनलाई पूर्ण रूपमा पालना गर्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिन यस वर्षका सबै सिरुवा मेला नलाग्ने थारु कल्याणकारीणी सभाका अध्यक्ष सुरेन्द्र चौधरीले जानकारी दिनुभयो ।