सिर्जना फाईनान्सको सपथग्रहण

0
105

विराटनगर, १ माघ । सिर्जना फाईनान्स लिमिटेडको अठारौंं बार्षिक सधारण सभाबाट निर्वाचित सञ्चालक समितिकोे पहिलो बैठकले अध्यक्षमा सुयश प्याकुरेललाई निरन्तरता दिने निर्णय गरेको छ । सोही निर्णय अनुसार आज एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैक, विराटनगरका निर्देशक बिनोदराज आचार्यले अध्यक्ष सुयश प्याकुरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो । सोही कार्यक्रममा उहाँले सिर्जना फाईनान्सले राम्रो प्रगति गरेको र भबिष्यमा नेपाल राष्ट्र बैंकबाट निर्देशित नीति–निर्देशनहरुको पालना गर्दै अब्बल बनोस भनी निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिनु भयो । सपथ ग्रहण कार्यक्रममा निर्वाचित सञ्चालक सुवास आचार्य र राजीब कुमार मिश्रलाई अध्यक्ष सुयश प्याकुरेलले सपथ ग्रहण गराउनु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here