Tune to BFM 91.2|Biratnagar

सीजी फुड्सद्धारा झापाकी आचार्यलाई स्कुटी हस्तान्तरण

विराटनगर, ४ कात्तिक । सीजी फुड्सले उत्पादन गरेको नयाँ वाइ वाइ जिङ्ग तयारी चाऊचाउको जिङ्गमा जीत उपभोक्ता उपहार योजनाको छैठौं स्कुटर विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । ९ महिना अघिदेखि सुरु गरेको उपभोक्ता उपहार योजनाअन्तर्गत कम्पनीले झापा मेची नगरकी सीता आचार्यलाई स्कुटर हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमका वीच उपहार विजेता आचार्यलाई स्कुटी हस्तान्तरण गरिएको वाइवाइ जिङ्गका बजार प्रतिनिधि रविन्द्र मास्केले बताउनुभयो । कार्यक्रममा चौधरी ग्रुपका नूडल्स डिभिजनका प्रदेश नम्बर एकका प्रमुख पुण्यप्रसाद लुईंटेलले स्कूटरको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

कम्पनीले यसअघि विभिन्न स्थानका ५ जना उपहार विजेतालाई स्कुटर हस्तान्तरण गरिसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button