Tune to BFM 91.2|Biratnagar

सीमामा अवैध सुनसहित एक जना पक्राउ

विराटनगर, २५ साउन । भारतसँग सीमा जोडिएको विराटनगरस्थित दरैयाबस्ती हुँदै भारततर्फ लैजान लागेको सुनसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का ५६ वर्षीय श्यामलसेन गुप्ता रहेका छन् । सशस्त्र प्रहरी बलको बिओपी बखरीको टोलीले दुई सय ६७ ग्राम सुनको चक्कीसहित एक जानलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलले लकडाउनको समयमा भारततर्फ जान लागेको पाइएपछि शंका लागेर चेकजाँच गर्दा अवैध सुन बरामद भएको बताउनु भयो । सुन २३ लाख मूल्य बराबरको रहेको छ ।

पक्राउ परेका गुप्ताको साथबाट पाँच हजार नेपाली रुपैयाँ, साइकल र मोबाइल पनि बरामद भएको एसपी पौडेलले बताउनु भयो ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको बताउँदै उहाँले आज आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button