सीमामा १७९ नयाँ स्तम्भ निर्माण

0
139

विराटनगर, २४ जेठ । प्रदेश १ स्थित नेपाल– भारत सीमामा १ सय ७९ नयाँ स्तम्भ निर्माण गरिएको छ । नेपाल भारत संयुक्त सिमा क्षेत्र सर्वेक्षण फिल्ड सर्भे टिमको आज विराटनगरमा सम्पन्न दोस्रो बैठकमा ३६ वटा स्तम्भ मर्मत गरिएको जानकारी गराइएको हो । बैठकमा नेपाल तर्फको मोरङ, सुनसरी र झापा गरी तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतका सुरक्षा निकायका प्रमुख, वन र नापी कार्यालयका प्रमुखको सहभागि थिए । भारततर्फको सुपौल र अररिया जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट, सुरक्षा निकायका प्रमुखलगायत बन र नापी कार्यालयका प्रमुखहरुको बैठकमा उपस्थिति थियो । बैठकमा नापी विभागका नेपाल भारत सीमा सर्वेक्षण टोली नम्बर १ का प्रमुख शिवप्रसाद लम्सालले सुनसरी, मोरङ र झापास्थित सीमामा निर्माण गर्नुपर्ने स्तम्भमध्ये जमिनमा यसअघि नै निर्माण भइसकेको र बाँकी रहेको केही जमिनमा र नदीहरुमा आफूहरुले निर्माण गरेको बताउनुभयो । नेपाल पक्षले १ सय ६ र भारतीय पक्षले ७३ वटा स्तम्भ निर्माण गरेको उहाँले बताउनुभयो । यस्तै नेपालले १६ र भारतले २६ वटा स्तम्भ मर्मत गरेको उहाँको भनाई छ । मेची नदीमा यस बर्ष परीक्षणका लागि ५ वटा स्तम्भ निर्माण गरिएको र यसपालीको बर्षाले ती स्तम्भमा कुनै क्षति नभए आउँदो आर्थिक वर्षबाट मेचीदेखि महाकालीसम्मका सबै ठूला नदीमा त्यस्तै स्तम्भ निर्माण गरिने लम्सालले बताउनुभयो । सुनसरीमा २४, मोरङमा १० र झापामा २ सय ९ वटा नयाँ स्तम्भ निर्माण गर्न बाँकी रहेको लम्सालको भनाई छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here