Tune to BFM 91.2|Biratnagar

सीमा नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण सुरु

विराटनगर, ३ चैत । कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि भारतसँग जोडिएका पूर्वी सीमा नाकाबाट आवत–जावत गर्नेहरुको कडाईका साथ स्वास्थ्य परीक्षण सुरु गरिएको छ । इलामले भारतसँग छोएका नाकाहरूमा हेल्प डेस्क राखेरै त्यहाँबाट आवतजावत गर्नेको तापक्रम जाँच गर्ने काम सुरु भएको हो ।

पशुपतिनगरमा २ हेल्प डेस्क राखेर नाकाबाट बाहिरिने–भित्रिने प्रत्येक व्यक्तिको तापक्रम जाँच भइरहेको छ । अहिले सम्म जाँच गरिएका सबै व्यक्तिको तापक्रम सामान्य नै रहेको पाइएको छ । एउटा डेस्कमा नेपालबाट बाहिर जानेको र अर्काेमा नेपाल भित्रिने व्यक्तिको तापक्रम जाँच गरिँदैछ। यताबाट बाहिरिने व्यक्तिलाई कोरोनाबारे सचेत गराएर सुरक्षित रहन आग्रहसमेत गरिरहेको छ ।

डेस्कमा रहेका स्वास्थ्यकर्मीले तापक्रम जाँच्न ‘थर्मल गन’ प्रयोग गरिरहेका छन् । ‘थर्मल गनले सम्बन्धित व्यक्तिको शरीरमा नछोई तापक्रम जाँच्न सकिन्छ । नाका खुले देखि बन्द नभएसम्म इलाका प्रहरी कार्यलयले पनि सहयोग गरिरहेको छ । भारततिरबाट आउने व्यक्तिको तापक्रम बढी पाइए वा कोरोनाको आशंका भए उतै फिर्ता पठाइने गरिएको छ ।

नेपालबाट बाहिरने व्यक्तिमा त्यस्तो आशंका भए सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि पुर्याउन समन्वय गरिने स्वास्थ्य शाखा प्रमुख राईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button