सी डिभिजन लिग फुटबल प्रतियोगिता फागुनको तेस्रो सातादेखि

0
187

काठमाडौं । लामो समयदेखि रोकिएको सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो सातादेखि हुने भएको छ ।अखिल नेपाल फुटबल संघ एन्फा र सी डिभिजन क्लबका प्रतिनिधिबीच हिजो भएको बैठकले प्रतियोगिताको मिति तोकेको हो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हिजो भएको बैठकले लिगको मितिसँगै विभिन्न विषयमा सहमति जुटाएको छ । लिगको तयारीका लागि एन्फाले प्रत्येक क्लबलाई ४र४ लाख रुपैयाँ उपलब्ध गराउनेछ । सी डिभिजन लिगमा ११ क्लबले खेल्नेछन् ।सहभागी क्लबलाई दुई समुहमा बिभाजन गरेर खेलाईनेछ । हरेक समूहका शीर्ष दुई टोली सुपर लिगका लागि छानिनेछन् । एन्फाको आयोजनामा हाल ए डिभिजन लिग फुटबल प्रतियोगिता चलिरहेको छ । लिगका पहिलो चरणका खेल सकिएका छन् ।पहिलो चरणकैबीचमा दुई पटक लिग रोकिएको छ ।। बाँकी खेल आगामी शनिवारदेखि हुँदैछन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here