Tune to BFM 91.2|Biratnagar

सुत्केरी भेट्दै घरघरमा इटहरीकी उपप्रमुख

विराटनगर, १५ भदौ । सुनसरीको इटहरी उपमहानगरपालिकाकी उपप्रमुखले सुत्केरी आमासँगको भेटघाट अभियान सुरु गर्नुभएको छ ।

विगत वर्षदेखि नै उपमहानगरको नियमित बजेट मार्फत उपप्रमुख सुत्केरी भेट कार्यक्रम सञ्चालन हुँदै आएकोमा यस आर्थिक वर्ष पनि त्यसलाई निरन्तरता दिइएको हो ।चालु आर्थिक वर्षमा उपप्रमुख लक्ष्मी गौतमले इटहरीका १० जना सुत्केरीलाई पोषिलो खानेकुराका साथ घर घरमै गएर भेट गर्नुभएको छ ।

स्वास्थ्यकर्मीको टोली सहित सुत्केरीहरुका घर घरमा पुगेर उहाँले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने, सुत्केरी अवस्थामा आमा र बच्चाका लागि आवश्यक पर्ने पोषणको बारेमा जानकारी दिने तथा आवश्यक परामर्श दिने काम गर्दै आउनुभएको छ ।

विपन्न तथा गरीब परिवारका महिलाहरुले सुत्केरी अवस्थामा प्रयाप्त पोषणयुक्त खाना खान नपाउने अवस्था छ । त्यस्तो अवस्थामा उपमहानगरपालिकाको तर्फबाट उपलव्ध हुने सीमित पौष्टिक आहारले पनि धेरैलाई राहत पुग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button