सुत्केरी महिलाको राज्यमन्त्रीद्धारा उद्दार
विराटनगर, ९ चैत । प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले विराटनगर अस्पताल (विराट नर्सिहोम)मा एक महिनायता बस्न बाध्य सुत्केरी महिलाको उद्दार गर्नुभएको छ ।
राज्यमन्त्री गजमेरले आज विहान अस्पताल पुगेर गत माघ २९ गतेदेखि अस्पतालमा बस्न बाध्य सुत्केरी महिला चेली सुन्दास राजवंशीको उद्दार गर्नुभएको हो ।
झापा बिर्तामोड नगरपालिका–५ अदूवा खोला नजिकै रहेको सुकुम्बासी टोलकी २२ वर्षीया चेली र उनको सासूआमा अमृता सुन्दास एक महिनायता अस्पतालमा बस्न बाध्य थिए ।