Tune to BFM 91.2|Biratnagar

सुनसरीका एक जनालाई विराटनगर ल्याइयो

बिराटनगर ७ वैशाख । उदयपुरमा कोरोना भाइरस संक्रमितसँगै बसेका सुनसरीका एक जनालाई विराटनगर ल्याइएको छ ।

कोरोना संक्रमितसँगै उदयपुरको भुल्केमा बसेका एक जना सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका रहेका छन् ।

कोरोना संक्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्तिसँगै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–५ का ४६ वर्षीय एक जना रहेको नेपाल मुस्लिम सङ्घ प्रदेश नं १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले बताउनुभयो ।

संक्रमित समूहसँगै १० दिन बसेर फर्किएको सूचनाका आधारमा उनलाई क्वारेन्टाइनमा पठाइएको छ ।घरमा लुकेर बसेको गाउँलेले सूचना दिएपछि प्रहरीसहितको टोलीले स्वास्थ्य परीक्षणसँगै क्वारेन्टाइनका लागि विराटनगर ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button