Tune to BFM 91.2|Biratnagar

सुनसरीका पसल खुल्ने

विराटनगर, ९ वैशाख । सुनसरीमा भोलिबाट अत्यावश्यक पसल खोल्न दिइने भएको छ । जारी लकडाउनलाई कडाई गर्दै आएको प्रशासनले भोलिबाट भने अत्यावश्यक सरसामानको खरीदमा कम असुविधा पर्ने गरी छुट दिन लागेको हो ।

सुनसरी प्रशासनले दैनिक उपभोग्य सामान खरीदमा देखिएको असहजता हटाउँदै साँझ हुने भिडलाई व्यवस्थित गर्न समय निर्धारण गरी अत्यावश्यक सेवा प्रवाहको बन्दोवस्ती मिलाइउन सम्वधित निकायलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म बजार पसल खुल्न सक्नेछ । जसका लागि स्थानीय निकाय र उद्योग वाणिज्य संघले समन्वयकारी भूमिका निर्वाह गर्नेछन् । प्रजिअ पौडेलका अनुसार उद्योग वाणिज्य संघले आवश्यकताका आधारमा सर्ट लिष्ट जारी गरी तोकिएका पसल मात्रै खोल्न पाइनेछन् ।

कुन पसल खोल्ने भन्ने अन्तिम निर्णय भने सम्बन्धित क्षेत्रको उद्योग वाणिज्य संघमा निहित हुनेछ । जसले आवश्यकताका आधारमा स्थानीय तहसँगको समन्वयमा निर्णय गर्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button