Tune to BFM 91.2|Biratnagar

सुनसरीको घुस्की नाकामा तनाव , सुरक्षाकर्मीको संख्या बढाइयो

विराटनगर, ३ साउन । भारतसँग सीमा जोडिएको सुनसरीको घुस्की नाकामा तनाव बढ्न सक्ने देखिएपछि सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

रातीको समयमा सशस्त्र र तस्कर समूहबीच भएको झडपको क्रममा गोलि लागेका व्यक्तिका आफन्त र स्थानीय आन्दोलित बनेपछि सो क्षेत्रको अवस्था आज बिहानैबाट तनावपूर्ण देखिएको छ ।

पेटमा गोली लागेका स्थानीय घुस्की ७ का २० वर्षिय संवाद भनिने सहजद जट अन्सारीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । सीमा क्षेत्रमा घर भएका घाइते नेपाल तर्फका मात्र नभएर भारतीय भूमीतर्फ बसोबास गर्दै आएका आफन्त र स्थानीयवासी सशस्त्र प्रहरी विरुद्धको आन्दोलनमा सरिक भएका छन् ।

सडकमा टायर बालेर प्रर्दशन समेत गरेका उनीहरुले सुरक्षाकर्मीले जानीजानी गोली हानेको भन्दै कार्वाहीको मागसमेत गरिरहेका छन् । स्थानीयको आक्रोश र बोर्डरमा हुन सक्ने सम्भावित तनावको अवस्थालाई मध्यनजर गर्दै सो स्थानमा नेपाल प्रहरीसहित सशस्त्रको उपस्थिति बाक्लो बनाइएको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख एसपी कृष्ण ढकालले जानकारी दिनुभयो ।

सम्भावित झडप हुन नदिन हरसम्भव प्रयास जारी रहेको एसपी ढकालले बताउनुभयो । आक्रोसित अवस्थामा रहेकालाई सम्झाउने प्रयास भैरहेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button