Tune to BFM 91.2|Biratnagar

सुनसरीको भोक्राहामा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण

विराटनगर, ११ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण ब्लक परियोजना कार्यक्रम अन्तर्गत सामुहिक मकै ब्लक संचालन समिति सुनसरीले कृषकहरुलाई कृषि औजार तथा कृषि सामाग्री वितरण गरेको छ ।

सामुहिक मकै ब्लक संचालन समिति भोक्राहा गाउँपालीका वडा नं. ४ ले कृषि ज्ञान केन्द्र इनरुवाको सहयोमा कृषकलाई कृषि औजार वितरण गरेको हो ।

कृषकलाई बोरिङ ४ थान, पम्पसेट १५ थान, मोटर १५ थान, पावर स्पेयर १ सय ५० थान, त्रिपाल ४ सय थान, अर्गानिक मल ६ हजार केजी, बुम फ्लावर १ हजार ५ सय केजी, जैविक बिषादी १ हजार केजी, जिंक १ हजार ५ सय केजी, हर्बो केयर १ हजार ४ सय २० केजी, मकैको विउ २ हजार केजी, डिजिटल काँटा ३ थान वितरण गरिएको समिति संयोजक राजेन्द्र प्रसाद मेहताले बताउनुभयो ।

कृषकलाई वितरण गरिएका सम्पुर्ण सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button