सुनसरीको मस्जिदमा थप १० जना फेला
बिराटनगर ३ वैशाख । सुनसरीको भोक्राहानरसिँह गाउँपालिकामा रहेको एक मस्ज्दिमा १० जना भारतीय मुलका बंगाली मुसलमानहरु बस्दै आएको पाइएको छ ।
सुनसरीको भोक्राहा नरसिह गाउपालिकामा रहेको खतिजन कुब्रा नामक मस्जीदमा १० जना भारतिय मुलका बंगालीहरु आश्रय लिएर बसेको फेला परेका छन ।आश्रय लिएर बसेका उनीहरु भारतको पश्चिम बंगाल राज्यको कलकत्ता नजिक पश्चिम मधनीपुर स्थायी ठेगाना भएको बताइएको छ ।
उनीहरु गत फागुनमा सप्तरीको बोदेबर्साइनमा सम्पन्न मुस्लिमहरुको धर्मसभामा सहभागी हुन आएको बताएका छन ।