Tune to BFM 91.2|Biratnagar

सुनसरीको हरिनगर गाउँपालिकामा गोली चल्यो, एकजना घाइते

विराटनगर, ३ साउन । सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) हरिनगर गाउँपालिका– ७ जटबरामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिनगर–७ सुकुम्बासी टोलका सहजब जट गम्भीर घाइते भएका हुन ।

पेटमा गोली लागेर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । गए राति भारतबाट आउँदै गरेको समूहलाई सशस्त्र प्रहरीले सोधपुछ गर्दा प्रहरी माथी आक्रमण भएको थियो ।

सीमा सुरक्षामा खटिएका प्रहरी जवान जीवराम विशंखेमाथि तस्करको समूहले आक्रमण गर्दै हतियार खोस्न खोजेपछि गोली चलेको प्रहरीको भनाइ छ ।‘प्रहरीले रोक्न खोज्दा एक्कासी आक्रमण गरेर हतियार खोस्न खोज्दा ‘हतियार खोसाखोस हुँदा गोली चलेको बताईएको छ ।’

तस्कर समूहको आक्रमणबाट प्रहरी जवान पनि घाइते भएको सुनसरी प्रहरीले बताएको छ ।सुनसरीमा यो लगातर दोस्रो गोली चलेको घटना हो । बिहीबार राति पनि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पानीटंकीमा नेपाल प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको थियो ।

प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–२ बस्ने २३ वर्षीय पिन्टु यादव र देवानगञ्ज ३ बस्ने राजेश यादव घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button