Tune to BFM 91.2|Biratnagar

सुनसरीमा भारतबाट ४ सय बढी भित्रिए

विराटनगर, २५ चैत । कोरोना भाइरसको संक्रमण सुरु भए पश्चात पछिल्लो एक महिनाको अवधिमा चार सय बढी सुनसरी भित्रिएका छन् । सुनसरी भित्रिनेमा तेस्रो मुलकबाट आउनेको संख्या न्यून रहँदा भारतबाट घर फकिर्नेको संख्या उच्च छ ।

सुनसरीमा पछिल्लो एक महिनामा कुल ४ सय १० जना भित्रिएका छन् । जसमध्ये तेस्रो मुलुकबाट आउनेको संख्या १७ जना छ भने भारतबाट आएकाको संख्या ३ सय ९३ रहेको छ । भारतबाट भित्रिएको संख्यालाई सुनसरी प्रशासनले रोजगारीका क्रममा रहेकाहरु घर फर्किएको भनेको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार सुनसरी भित्रिएका मध्ये २ सय ५२ जना चिकित्सकको निगरानीमा होम क्वारेन्टाइनमा छन् । प्रजिअ पौडेलका अनुसार भारतको मुस्लिम कार्यक्रमबाट फर्किएका सहित १४ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसैबिच जिल्लाबाट नियन्त्रणमा लिइएको भनिएका केही पाकिस्तानी नागरिकको सम्वन्धमा बाहिरिएको हल्लामा सत्यता नरहेको सुनसरी प्रशासनले स्पष्ट पारेको छ । प्रशासनले सप्तरीको मुस्लिम सभामा सहभागि हुन आएका केही पाकिस्तानी नागरिक त्यसयता यतै रहेको र उनीहरु सबैको अवस्था समेत सामान्य रहेको जनाएको छ ।

सुनसरीमा पछिल्लो अवस्था सम्ममा शंकास्पद मानिएका ४० जनाको स्वाब टेस्ट गरिएको छ । जसमध्ये ३६ जनामा कोरोनाको संक्रमण पाइएको छैन् । बाँकी ४ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button